Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 10:23:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मानुषी लघुवित्तले डाक्यो साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने

Laxmi Sunrise Bank Limited
मानुषी लघुवित्तले डाक्यो साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने
Shivam Cement

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा डाकेको छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।  

उक्त सभा आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ । सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ ।

Bizshala
New Office
CG Motors

यस्तै तीनवटै लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई अनुमोदन गरिनेछ ।

सभामा गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साधारण सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.