बुधबार, श्रावण १३,२०८३ 12:08:54
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:08:54
Bizshala
Global IME Bank Limited

संसद् बैठक आज १ बजे, राजनीतिक विवादले बजेट कार्यसूची संकटमा

संसद् बैठक आज १ बजे, राजनीतिक विवादले बजेट कार्यसूची संकटमा
New Office

काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अघि बढाउने कार्यसूची तय भएपनि राजनीतिक खिचातानीका कारण बैठक सञ्चालनमै अनिश्चितता देखिएको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ। 

साथै अर्थ विधेयक निर्धारित समयभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउने तथा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची पनि रहेको छ।

तर, बजेट छलफल जस्तो संवेदनशील आर्थिक कार्यसूची अघि बढ्ने वातावरण भने सहज देखिएको छैन।  

पछिल्ला दिनदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै संसद् अवरुद्ध गर्दै आएका छन्।  

उनीहरूले उक्त अभिव्यक्ति सच्याउनुपर्ने मागलाई मुख्य शर्त बनाएका छन्, जसका कारण नियमित संसदीय कामकाज प्रभावित हुँदै आएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बजेटमाथिको छलफल जस्तो आर्थिक प्राथमिकताको विषय समेत राजनीतिक विवादको छायाँमा पर्दा संसदीय अभ्यास कमजोर हुने संकेत देखिएको छ। 

नीति निर्माण र आर्थिक एजेन्डाभन्दा बढी विवाद केन्द्रित राजनीति हावी हुँदा संसद्को प्रभावकारितामाथि प्रश्न उठेको टिप्पणी पनि भइरहेको छ।

यसैबीच सोमबार बसेको सर्वदलीय बैठकले पनि गतिरोध अन्त्य गर्ने ठोस सहमति निकाल्न नसकेपछि समस्या अझ गहिरिएको छ।  

दलहरूबीच सहमति नजुटेसम्म संसद् नियमित कार्यसूचीमा फर्कने सम्भावना कमजोर देखिएको छ, जसले बजेट छलफल र अन्य विधेयक अघि बढाउने प्रक्रिया अनिश्चित बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.