बुधबार, श्रावण १३,२०८३ 12:14:44
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:14:44
Bizshala
Global IME Bank Limited

प्रदेश र स्थानीय तहका लागि ४ खर्ब २४ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण विनियोजन

प्रदेश र स्थानीय तहका लागि ४ खर्ब २४ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण विनियोजन
New Office

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश तथा स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत कुल ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ।

मन्त्रालयका अनुसार विनियोजित रकममध्ये समानीकरण अनुदानतर्फ १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँ, ससर्त अनुदानतर्फ २ खर्ब ४५ अर्ब ८१ करोड रुपैयाँ, विशेष अनुदानतर्फ १३ अर्ब २२ करोड रुपैयाँ तथा समपूरक ९पुँजीगत० अनुदानतर्फ १३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

यस विनियोजनमध्ये ३ खर्ब ६१ अर्ब रुपैयाँ चालु प्रकृतिको र ३६ अर्ब ८ करोड रुपैयाँ पुँजीगत प्रकृतिको रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारका लागि मात्रै कुल १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रदेशगत विनियोजनअनुसार सबैभन्दा बढी मधेश प्रदेशका लागि १७ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, करिब समान स्तरमा १७ अर्ब २० करोड ८२ लाख रुपैयाँसमेत विनियोजन गरिएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागि १६ अर्ब १ करोड, बागमती प्रदेशका लागि १५ अर्ब २१ करोड, लुम्बिनी प्रदेशका लागि १४ अर्ब ४१ करोड तथा सबैभन्दा कम गण्डकी प्रदेशका लागि १२ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.