काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले १० महिनामा ९ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बोर्डले वैशाख मसान्तसम्ममा २७ अर्ब २३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
त्यस्तै, सो अवधिसम्ममा नेप्सेमा कुल १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।
जसमा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४० अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँ बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य धितोपत्र रहेका छन् ।

