सोमबार, श्रावण ११,२०८३ 02:05:00
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 02:05:00
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा डिम्याट खाता शुल्क र मेरो सेयर नवीकरण गर्न आग्रह

कामना सेवा विकास बैंकद्वारा डिम्याट खाता शुल्क र मेरो सेयर नवीकरण गर्न आग्रह
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना डिम्याट (हितग्राही) खाता तथा मेरो सेयर सेवा प्रयोगकर्ताहरुलाई वार्षिक सञ्चालन तथा नवीकरण शुल्क समयमै बुझाउन आग्रह गरेको छ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बैंकका शाखा कार्यालयमार्फत धितोपत्र कारोबारका लागि खोलेका डिम्याट खाताहरुमा आर्थिक वर्ष २०८२÷८३ सम्मको वार्षिक सञ्चालन शुल्क रु १०० का दरले बुझाउनुपर्ने व्यवस्था रहेको छ। उक्त शुल्क सम्बन्धित ग्राहकले २०८३ असार मसान्तभित्र आफूलाई पायक पर्ने बैंकको नजिकको शाखा कार्यालय वा ई–सेवा, खल्ती तथा कनेक्ट आईपीएस जस्ता डिजिटल भुक्तानी माध्यममार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार तोकिएको समयसीमाभित्र वार्षिक शुल्क बुझाउन असफल भएमा २०८३ साउन १ गतेदेखि सम्बन्धित डिम्याट खाता स्वतः रोक्का हुनेछ ।  

त्यस्तै, ‘मेरो सेयर’ सेवा प्रयोग गरिरहेका ग्राहकहरुले सेवा सुरु भएको एक वर्षभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। निर्धारित अवधिभित्र नवीकरण नगरेमा उक्त सेवा स्वतः बन्द हुने बैंकले स्पष्ट पारेको छ। नवीकरणको क्रममा डिम्याट खाता तथा मेरो सेयर सेवा एकैपटक नवीकरण गर्न सकिने सुविधा पनि उपलब्ध रहेको जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.