मंगलवार, श्रावण १२,२०८३ 10:51:46
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:51:46
Bizshala
Global IME Bank Limited

टीएमसीमा संकट गहिरिँदै, ठूलो विभाजनतर्फ पार्टी, बनर्जीलाई कांग्रेसमा विलयको प्रस्ताव

टीएमसीमा संकट गहिरिँदै, ठूलो विभाजनतर्फ पार्टी, बनर्जीलाई कांग्रेसमा विलयको प्रस्ताव
New Office

काठमाण्डौ । पश्चिम बंगाल विधानसभा चुनावमा ठूलो हार बेहोरेपछि तृणमूल कांग्रेस (टीएमसी) भित्र गम्भीर राजनीतिक संकट देखिएको छ ।  

पार्टीभित्र असन्तोष बढ्दै जाँदा मुख्यमन्त्री ममता बनर्जीको नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको बताइएको छ ।

सूत्रहरूका अनुसार ममता बनर्जीका करिब ८० विधायकमध्ये ५८ जनाले छुट्टै गुट गठन गरेको र दिल्लीमा समेत करिब २० सांसदले टीएमसीबाट अलग हुने संकेत दिएको दाबी गरिएको छ ।  

यस घटनाले पार्टीभित्रको शक्ति सन्तुलन नै प्रभावित भएको बताइन्छ ।

यसैबीच, कांग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीले ममता बनर्जीलाई टीएमसीलाई कांग्रेसमा विलय गर्ने प्रस्ताव दिएको खबर सार्वजनिक भएको छ ।  

स्रोतका अनुसार, प्रस्तावमा ममतालाई कांग्रेसको राष्ट्रिय उपाध्यक्ष बनाउने र उनका भतिजा तथा सांसद अभिषेक बनर्जीलाई पार्टी महासचिवको जिम्मेवारी दिने विकल्पसमेत उल्लेख गरिएको छ ।

सूत्रहरूका अनुसार सोनिया गान्धीले टीएमसीमाथि भारतीय जनता पार्टी (भाजपा) को बढ्दो राजनीतिक दबाबलाई ध्यानमा राख्दै यस्तो प्रस्ताव अघि सारेकी हुन् ।  

साथै पार्टीभित्र आन्तरिक असन्तोष बढ्दै जाँदा ममता बनर्जी र अभिषेक बनर्जी दुवैका लागि चुनौती थपिएको पनि बताइएको छ ।  

ममता बनर्जीले भने यस विषयमा केही समय सोचेर निर्णय गर्ने प्रतिक्रिया दिएको दाबी गरिएको छ ।

यता, राजनीतिक सरगर्मीबीच दिल्लीमा कांग्रेस नेता राहुल गान्धी र टीएमसी नेता अभिषेक बनर्जीबीच करिब डेढ घण्टा लामो भेटवार्ता भएको पनि बताइएको छ ।  

उक्त भेटमा पछिल्ला राजनीतिक घटनाक्रम र पश्चिम बंगालको चुनाव परिणामबारे छलफल भएको स्रोतको भनाइ छ ।

यसैबीच, कांग्रेसले पार्टी संगठन सुदृढीकरण र पछिल्ला राजनीतिक परिस्थितिबारे छलफल गर्न ठूलो बैठक बोलाएको छ ।  

११ जुनमा इन्दिरा भवनमा हुने उक्त बैठकको अध्यक्षता कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले गर्ने जनाइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.