बिहीबार, जेष्ठ २८,२०८३ 12:44:26
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 12:44:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीवाईडी गाडीको विषयमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने राप्रपा र श्रम संस्कृति पार्टीको माग

Laxmi Sunrise Bank Limited
बीवाईडी गाडीको विषयमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने राप्रपा र श्रम संस्कृति पार्टीको माग
Shivam Cement

काठमाण्डौ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बीवाईडी इलेक्ट्रिक गाडी आयात तथा कर अनियमिततासम्बन्धी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने सांसदहरूले माग राखेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समितिको माग गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

संसदीय छानबिन समिति वा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमार्फत स्वतन्त्र उपसमिति गठन गरि यस विषयको छानबिन हुनुपर्ने उनीहरुको माग रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले मन्त्रालयस्तरीय छानबिन पर्याप्त नहुने बताउँदै संसदीय संयन्त्रमार्फत गहिरो अनुसन्धान गर्नुपर्ने धारणा राखिन्। उनका अनुसार, विषयको संवेदनशीलता र आर्थिक दायित्वलाई हेर्दा पारदर्शी संसदीय छानबिन अपरिहार्य छ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि छानबिन प्रक्रियालाई सार्वजनिक लेखा समितिभित्र उपसमिति बनाएर अघि बढाउनुपर्ने सुझाव दिए। उनले अर्बौँ रुपैयाँको अनियमितता भएको भनाइ सत्य हो कि होइन भन्ने कुरा प्रमाणसहित स्पष्ट हुनुपर्ने बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.