बुधबार, श्रावण १३,२०८३ 01:23:45
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:23:45
Bizshala
Global IME Bank Limited

आयातित सवारी साधनमा २०% सम्म राजश्व हिनामिना भएको छः खुस्बु ओली

आयातित सवारी साधनमा २०% सम्म राजश्व हिनामिना भएको छः खुस्बु ओली
New Office

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारी साधनमा कर संरचना दुरुपयोग गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले सवारी साधनको सिट क्षमतामा हेरफेर गरी कर दर घटाउने काम भएको दाबी गरिन्।

ओलीका अनुसार ७ देखि ८ सिट क्षमताका सवारी साधनलाई ११ सिटका रूपमा वर्गीकृत गरी फोल्डिङ सिटलाई समेत मान्यता दिइएको छ। यसका आधारमा ३० प्रतिशत भन्सार लाग्ने सवारीलाई ११ सिटका नाममा १० प्रतिशत भन्सारमा आयात गरिएको उनले आरोप लगाइन्। यस प्रक्रियाबाट करिब २० प्रतिशत राजस्व हिनामिना भएको उनको दाबी छ।

त्यस्तै, ११ देखि १४ सिट क्षमताका सवारी साधनलाई पनि सिट संख्या हेरफेर गरी १५ देखि १८ सिटको रूपमा वर्गीकरण गरी कर दर १० प्रतिशतबाट १ प्रतिशतमा झारिएको र करिब ९ प्रतिशत राजस्व गुमाइएको उनले बताइन्।

ओलीले यस्ता करिब ५ हजारभन्दा बढी सवारी साधन आयात भई दर्ता भइसकेको तथा थप आयात जारी रहेको जानकारी दिइन्। उनले २०८० सालयता यस्तो प्रक्रियाबाट ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व हिनामिना भएको दाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा भन्सार विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.