बुधबार, श्रावण १३,२०८३ 12:07:05
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:07:05
Bizshala
Global IME Bank Limited

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको समय आज राति १२ बजे सकिँदै

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको समय आज राति १२ बजे सकिँदै
New Office

काठमाण्डौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय आज राति १२ बजेसम्म तोकिएको छ।  

पार्टीका अनुसार करिब ७ लाख ८२ हजार योग्य सदस्यमध्ये धेरैले पहिले नै अनलाइन प्रक्रिया पूरा गरिसकेका छन् भने थप लाखभन्दा बढी सदस्य अद्यावधिक प्रक्रियामा सहभागी छन्।

 

महामन्त्री प्रदीप पौडेलले अन्तिम समयमा प्राविधिक समस्या आउन सक्ने भएकाले ढिला नगरी तत्कालै सदस्यता अद्यावधिक गर्न आग्रह गरेका छन्।  

उनले सदस्यहरूले मोबाइल वा वडास्तरको सहयोगबाट अनलाइन फाराम भर्न सक्ने व्यवस्था रहेको पनि बताएका छन्।

पार्टीले यो अभियानलाई सदस्यता व्यवस्थापनलाई डिजिटल र पारदर्शी बनाउने प्रयासको रूपमा अघि बढाएको छ।  

 

केही नेताहरूका अनुसार पहिलेका प्रक्रियामा देखिएका फर्जी विवरण हट्दै जाँदा अहिले वास्तविक सदस्य संख्या मात्रै देखिन थालेको छ।

पार्टी नेतृत्वले तोकिएको समयभित्र अद्यावधिक नगरे आगामी महाधिवेशनमा सहभागी हुन नपाइने स्पष्ट गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.