सोमबार, श्रावण ४,२०८३ 06:30:04
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 06:30:04
Bizshala
Global IME Bank Limited

नक्कली सरकारी कार्यालय खडा गरी ठग्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय खडा गरी ठग्ने दम्पती पक्राउ
New Office

काठमाण्डौ। बर्दियामा नक्कली सरकारी कार्यालय खडा गरी ठगी गरेको पाइएको छ । प्रहरीले नक्कली सरकारी कार्यालय खडा गरी ठगी कार्यमा संलग्न रहेको भन्दै बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र कृपा चौधरीलाई पक्राउ गरेको छ ।

दुवैजना नाताले श्रीमान श्रीमती हुन् । उनीहरुलाई जेठ २० गते पक्राउ गरिएको हो ।

प्रहरीका उनीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहाको एक घरमा  ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली सरकारी कार्यालय सञ्चालन गरेर आम सर्वसाधारणलाई भ्रममा राख्दै ठग्दै आईरहेका थिए । उनीहरुले नक्कली कार्यालयको साइनबोर्ड, लेटरप्याड र छाप समेत बनाएको पाइएको छ ।

उक्त कार्यालय खडा गरी उनीहरुले स्थानीयलाई जागिर दिाईदिने आश्वासन दिदै ठग्ने गरेका थिए ।  

दाङको लमहीमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत मा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ छ । सोही कार्यालयको नामसँग मिल्ने गरी उनीहरुले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए ।

उनीहरुले एउटा घर भाडामा लिएर उक्त कार्यालय सञ्चालन गरिरहेका थिए । उक्त घरका घरधनीपनि उनीहरुबाट प्रताडित बनेको तथ्य समेत खुलेको छ । उनीहरुले घरधनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको आरोप लागेको छ ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.