मंगलवार, श्रावण ५,२०८३ 06:53:54
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:53:54
Bizshala
Global IME Bank Limited

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली, वर्षा र चट्याङको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली, वर्षा र चट्याङको सम्भावना
New Office

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणाली (ट्रफ) र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षाको गतिविधि सक्रिय रहने भएको छ।  

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टासम्म देशका पहाडी तथा हिमाली क्षेत्रसहित केही तराई भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ।

लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था कायम छ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका साथै देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने अनुमान गरिएको छ।  

कोशी र मधेश प्रदेशका केही स्थान तथा पहाडी क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।  

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने देखिएको छ। 

कोशी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भू-भागमा बदली कायम रहनेछ भने मधेशसहित तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने तथा केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम प्रणाली सक्रिय रहेकाले वर्षा, चट्याङ र उच्च हिमाली क्षेत्रमा हिमपातका कारण दैनिक जनजीवन, कृषि गतिविधि, सडक यातायात तथा हवाई सेवामा आंशिक असर पर्न सक्ने चेतावनी दिइएको छ।  

विभागले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.