Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि

Global IME Bank Limited
म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १५.४१ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९६९ विन्दुमा झरेको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक मात्रै चम्किएको छ । नेप्सेमा कुल ३३ वटा म्युचुअल फण्डहरु सूचीकृत छन् । आज १२ वटा फण्डको इकाईमूल्य वृद्धि भएको छ भने १६ वटा फण्डको घटेको छ । त्यस्तै, ५ वटा फण्डको मूल्य भने तटस्थ रहेको छ ।  

म्युचुअल फण्ड उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा १२ वटा फण्डको इकाईमूल्य बढेको छ । सर्वाधिक कमाउने अर्थात इकाईमूल्य बढ्ने फण्डमा प्रभु स्मार्ट फण्ड रहेको छ । फण्डको इकाईमूल्य ५.८० प्रतिशतले वृद्धि भई ८.९४ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कुमारी धनबृद्धि योजनाको ५.३३ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्ड–२ को ३.०७ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को २.९४ प्रतिशत, लक्ष्मी उन्नती कोषको १.९८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड–१ को १.७३ प्रतिशत, कुमारी इक्वटी फण्डको १.२३ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–३ को १.६७ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ को ०.१४ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको ०.१२ प्रतिशत, सानिमा इक्विटी फण्डको ०.१० प्रतिशत र सिद्धार्थ इक्विटी फण्डको ०.६२ प्रतिशतले इकाईमूल्य वृद्धि भएको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने फण्डमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ रहेको छ । फण्डको इकाईमूल्य ३.६१ प्रतिशतले घटेर ८.८२ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को १.०८ प्रतिशत, हिमालयन ८०–२० को ०।८१ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–२ को ०.६४ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ०.५१ प्रतिशत, एलआइसी एशिया ब्यालेन्स्ड फण्डको ०.२५ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड–३० को ०.११ प्रतिशत, एनएमबी ५० को ०.१० प्रतिशत, प्रभु स्मार्ट फण्डको १.०५ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–२ को १.११ प्रतिशत, सानिमा ग्रोथ फण्डको १.२६ प्रतिशत, सनराईज ब्लुचिप फण्डको ०.३९ प्रतिशत, सनराईज फोकस्ड इक्विटी फण्डको १.७८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ०.६४ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १.९४ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको १.७६ प्रतिशतले घटेको छ ।  

पछिल्लो समय म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाउँदै लगेका छन् । सेयरबजारमा आक्रामक सुधार नदेखिदा फण्डहरुको न्याभ घट्दो अवस्थामा छ । बजारले लय समात्न नसक्दा अधिकांश म्युचुअल फण्डले भनेजस्तो नाफा आर्जन गर्न सकिरहेका छैनन् । तर पछिल्लो तथ्याङ्कअनुसार फण्डहरुले घट्दो बजारलाई मध्यनजर गर्दै लगानीको दायरा भने फराकिलो बनाएका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.