काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको छ ।
सुरक्षा स्रोतका अनुसार अर्याललाई पासपोर्ट खरिदसम्बन्धी शंकास्पद कारोबारको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको हो ।
सोही प्रकरणसँग जोडिएका अर्का व्यक्ति व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकमा रहेका सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् ।
अख्तियार सम्बद्ध स्रोतका अनुसार पछिल्ला दिनमा देखिएको राहदानी खरिद–प्रक्रियासम्बन्धी अनियमितताको आशंकामा विस्तृत अनुसन्धान अघि बढाइरहँदा उनीहरूलाई सोधपुछ तथा नियन्त्रणमा लिइएको हो ।
घटनासँग सम्बन्धित कागजात, वित्तीय लेनदेन तथा अन्य सम्भावित प्रमाणहरू पनि संकलन भइरहेको बताइएको छ ।
हाल दुवै जनामाथि प्रारम्भिक सोधपुछ जारी रहेको र आवश्यक कानूनी प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढाइने अख्तियार स्रोतले जनाएको छ।

