मंगलवार, असार २,२०८३ 01:34:26
Bizshala
  • मंगलवार, असार २,२०८३ 01:34:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक जारी, बजेटमाथिको छलफल अन्तिम चरणमा

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभा बैठक जारी, बजेटमाथिको छलफल अन्तिम चरणमा
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा बैठक जारी छ ।  

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफल अन्तिम चरणमा पुगेको छ । 

Bizshala
New Office
CG Motors

आज सांसदहरूले आ–आफ्नो धारणा राख्ने क्रम सम्पन्न भएपछि भोलिदेखि मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र,  अर्थ तथा रक्षा मन्त्रालयका बजेट शीर्षकहरू समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका विनियोजन शीर्षकमाथि पनि भोलिको बैठकमै समूहीकृत छलफल गरिने तय भएको छ ।

यसअघि सोमबारको बैठकमा नौ वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल सम्पन्न भएको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

उक्त छलफलमा युवा तथा खेलकुद,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण,  सञ्चार तथा सूचना प्रविधि,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विनियोजन शीर्षकहरू समेटिएका थिए ।

सो छलफलका क्रममा १२ जना सांसदहरूले खर्च कटौतीको प्रस्तावसहित आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए भने अन्य सांसदहरूले दलीय आधारमा बजेटको प्राथमिकता र कार्यान्वयन पक्षबारे आफ्नो विचार व्यक्त गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.