आईतवार, श्रावण १७,२०८३ 05:08:09
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 05:08:09
Bizshala
Global IME Bank Limited

अमेरिका–ईरान शान्ति सम्झौतापछि इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध अझै समाप्त भईसकेको छैन’

अमेरिका–ईरान शान्ति सम्झौतापछि इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध अझै समाप्त भईसकेको छैन’
New Office

काठमाण्डौ । अमेरिका र इरानबीच शान्ति सम्झौता घोषणा भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको सुरक्षा नीति कडा रहने बताएका छन्।

नेतन्याहूले इजरायललाई पूर्ण रूपमा नष्ट हुनबाट जोगाइएको दाबी गर्दै भने, लडाइँ अझै समाप्त नभएको बताएका छन् । उनले इजरायलले भविष्यमा सम्भावित खतरा रोक्न उच्च सतर्कता अपनाइरहने र आवश्यक परेमा आत्मरक्षाका लागि कदम चाल्ने स्पष्ट पारे।

नेतन्याहूले इजरायल आफ्नो सुरक्षाका लागि आवश्यक परेसम्म ‘सिक्योरिटी जोन’ वा सुरक्षा क्षेत्रहरूमा सैन्य उपस्थिति कायम राख्ने बताएका छन्। उनका अनुसार इजरायलले लेबनान, सिरिया र गाजासँग जोडिएका संवेदनशील क्षेत्रहरूमा अनिश्चित समयसम्म सुरक्षा व्यवस्था कायम राख्नेछ।

उनले भने, ‘हामी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न जहाँ आवश्यक पर्छ, त्यहाँ उपस्थित रहिरहनेछौं।’

अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि इजरायलभित्र असहजता र राजनीतिक बहस बढेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन(ग्वेरले यो सम्झौताप्रति असहमति जनाउँदै इजरायल यसलाई मान्न बाध्य नभएको बताएका छन्।

त्यस्तै रक्षा मन्त्री इसराइल कात्जले इजरायली सेनालाई लेबनान, सिरिया र गाजाको सीमा क्षेत्रहरूमा लामो समयसम्म तैनाथ राख्ने नीति जारी रहने बताएका छन्।

नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही विषयमा मतभेद रहेको स्वीकार गरे पनि इजरायलको सुरक्षा प्राथमिकतामा कुनै सम्झौता नहुने स्पष्ट पारे। उनले आवश्यक परे इजरायलले आफ्नो हित रक्षा गर्न स्वतन्त्र रूपमा निर्णय लिने संकेत पनि गरे।

यस्तै उनले उत्तरी इजरायल, विशेषगरी लेबनानसँग जोडिएको सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको सुरक्षालाई सरकारको प्रमुख प्राथमिकता रहेको बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.