काठमाण्डौ । विश्वकपअन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा टर्कीले अन्तिम क्षणमा गोल गर्दै अमेरिकामाथि ३–२ को रोमाञ्चक जीत निकालेको छ।
खेलको इन्जुरी समयको आठौँ मिनेटमा काआन आयहानले निर्णायक गोल गरेका थिए।
हारका बाबजुद अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
सोही समूहको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्।
अमेरिकाले खेलको सुरुवातमै अग्रता लिए पनि टर्कीले अर्दा गुलर र ओर्कुन कोक्कुको गोलमार्फत पहिलो हाफमै खेल उल्टाएको थियो।
दोस्रो हाफमा अमेरिका बराबरीमा फर्किए पनि अन्तिम समयमा टर्कीले जीत सुनिश्चित गर्यो।
समूह ‘डी’ को अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेबीचको ०–० बराबरीले दुवै टोलीलाई नकआउट चरणमा पुर्यायो।
अस्ट्रेलिया उपविजेता बनेको छ भने पाराग्वे उत्कृष्ट तेस्रो स्थानमा रहेर अर्को चरणमा प्रवेश गर्ने सम्भावनामा छ।
अब अस्ट्रेलियाले अन्तिम ३२ मा समूह ‘सी’ को उपविजेतासँग खेल्नेछ भने पाराग्वेले समूह ‘ई’ को विजेता जर्मनीसँग भेट्ने सम्भावना छ।

