काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धामा फेरि एक परिवर्तन आएको छ।
उम्मेदवार राजुनाथ पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै उनले पार्टीको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको बताएका छन्।
महामन्त्री पदका लागि प्रारम्भमा १० जनाले उम्मेदवारी दिएका थिए।
तीमध्ये कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल र गणेश पराजुलीले यसअघि नै उम्मेदवारी फिर्ता लिइसकेका थिए।
हाल उम्मेदवारी फिर्ता लिएका बुर्लाकोटी, पराजुली र न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्।
यससँगै अब महामन्त्री पदको प्रतिस्पर्धा पाँच जनामा सीमित भएको छ।
मनीष झा, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शना र विपीन आचार्यबीच अब अन्तिम प्रतिस्पर्धा हुने भएको छ।
पार्टीभित्र नेतृत्व चयन प्रक्रिया नजिकिँदै जाँदा प्रतिस्पर्धा थप चर्किँदै गएको देखिएको छ।

