Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सर्वसाधारणका लागि नेशनल लाइफ इन्स्योरेन्सको संंस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Global IME Bank Limited
सर्वसाधारणका लागि नेशनल लाइफ इन्स्योरेन्सको संंस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  

कम्पनीले नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।  

इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २२५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले बोलपब आवेदन पेश गर्न सक्नेछन् ।    

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बुझाउन सकिनेछ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.