आईतवार, असार २१,२०८३ 10:30:07
Bizshala
  • आईतवार, असार २१,२०८३ 10:30:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशभर वर्षाजन्य विपद्का कारण ७ सडकखण्ड पूर्ण अवरुद्ध, ४ स्थानमा एकतर्फी सञ्चालन

Laxmi Sunrise Bank Limited
देशभर वर्षाजन्य विपद्का कारण ७ सडकखण्ड पूर्ण अवरुद्ध, ४ स्थानमा एकतर्फी सञ्चालन

काठमाण्डौ । देशका विभिन्न भागमा जारी अविरल वर्षा, बाढी र पहिरोका कारण आइतबार बिहान साढे ८ बजेसम्म ७ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी प्रभाव देखिएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्ड सम्भावित बाढी जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा सडक मर्मत कार्य भइरहेकाले सवारी आवागमन रोकिएको छ, जसलाई साउन २५ गतेसम्म बन्द राखिने जनाइएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

New Office
CG Motors
Garima Development Bank

गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द रहेको छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएपछि सवारी आवागमन पुनः सुचारु गरिएको प्रहरीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। साथै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा पर्ने घोराही–रुकुम शहीद मार्गमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा पर्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायामका कारण सडक अवरुद्ध र जोखिम बढेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.