Bizshala
  • मंगलवार, असार २३,२०८३ 02:38:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बर्डफ्लू प्रभावित किसानलाई ५२ करोड राहत, एक साताभित्र बैंक खातामै भुक्तानी

Laxmi Sunrise Bank Limited
बर्डफ्लू प्रभावित किसानलाई ५२ करोड राहत, एक साताभित्र बैंक खातामै भुक्तानी

काठमाण्डौ । बर्डफ्लूका कारण प्रभावित ११ जिल्लाका किसानलाई सरकारले करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने तयारी गरेको छ। पशु सेवा विभागले रोग नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा, अण्डा र दानाको क्षतिपूर्तिस्वरूप सम्बन्धित किसानलाई एक साताभित्र राहत रकम वितरण गर्ने तयारी गरेको हो।

विभागका अनुसार रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित क्षतिको मूल्यांकनका आधारमा ७५ प्रतिशत रकम राहतस्वरूप उपलब्ध गराइनेछ। क्षति प्रमाणित भई दाबी गरेका किसानको बैंक खातामै रकम भुक्तानी गरिने विभागले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक कागजातसहित क्षति दाबी गरेका किसानलाई एक साताभित्र रकम उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा समेत रकम उपलब्ध गराइनेछ।

बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्यांकन गरेर राहत वितरण गरिने विभागले जनाएको छ। विभागले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएको प्रमाणसहित सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन प्रभावित किसानलाई आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बर्डफ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी बढी प्रभावित भएका छन्।

विभागका अनुसार हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। बर्डफ्लूका कारण करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

सरकारले राहत वितरणको प्रक्रिया अघि बढाएसँगै लामो समयदेखि क्षतिपूर्तिको प्रतीक्षामा रहेका किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.