Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:01:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्टार्टअप शुरु गर्ने विद्यार्थीलाई पीसीपीएस कलेजले विऊ पूँजी उपलव्ध गराउने

Laxmi Sunrise Bank Limited
स्टार्टअप शुरु गर्ने विद्यार्थीलाई पीसीपीएस कलेजले विऊ पूँजी उपलव्ध गराउने

काठमाण्डौ । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले स्टार्टअप गर्न चाहने आफना विद्यार्थीलाई विऊ पुँजि उपलव्ध गराउने भएको छ । कलेजको दिक्षान्त समारोहका अवसरमा एलबीईएफ ग्रुपका अध्यक्ष पंकज कुमार जालानले युवा उद्यमशिलता विकास गर्नका लागि उत्कृष्ट परियोजनाका आधारमा विऊ पुँजि उपलव्ध गराईने जानकारी दिए ।

कम्युटर साईन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ र सफ्टवेयर इन्जिनियरिङ विएससी २०२६ तर्फबाट दीक्षित विद्यार्थीरुहरुलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष जालानले कलेजमा युवा उद्यमशिलता विकास कार्यक्रम शुरु गरिएकाले उत्कृष्ट परियोजनाका आधारमा विद्यार्थीलाई विऊ पुँजि उपलव्ध गराउन लागिएको बताए ।

New Office
CG Motors
Garima Development Bank

नेपाली विश्वविद्यालयमा सर्टिफिकेट लिएपछि विदेश जानुपर्छ भन्ने मान्यता तोड्न रोजगारी सिर्जना गर्न आफूहरुले स्टार्टअप पुँजिको अवधारणा अघि सारेको बताए ।

अध्यक्ष जालानका अनुसाधर कजेलबाट दीक्षित विद्यार्थीले आफ्नो व्यवसायिक परियोजना अनुसार कलेजबाट विऊ पुँजि प्राप्त गर्नुका सार्थै अन्य प्राविधिक सहायता समेत पाउनेछन ।

पीसीपीएस कलेज बेलायतको प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसंग आवद्ध छ ।

काठमाण्डौमा मंगलबार आयोजित समारोहमा कम्युटर साईन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ तर्फ ३२ जना र सफ्टवेयर इन्जिनियरिङ विएससी २०२६ बाट २५ गरी कुल ५७ जना विद्यार्थी दीक्षित भएका छन। सन २०१७ मा स्थापीत पीसीपीएसले आफुलाई मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाका रुपमा खडा गर्न सफल भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली विद्यार्थीहरुलाई स्वदेशमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने सपनालाई पीसीपीएसले साकार पारेको अध्यक्ष जालानको भनाई छ ।

कार्यक्रममा एलबीईएफ ग्रुपका कार्यकारी निर्देशक प्रकाश कजेरीवालले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलव्ध गराउन आफुहरु प्रतिवद्ध रहेको बताए । यस्तै बेलायतको बेडफर्डशाईर विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु चर्चले पीसीपीएससंग सहकार्य गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहकार्य गरेर अघी बढ्ने प्रतिवद्धता जनाए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.