Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:58:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक नीतिको पूर्वसन्ध्यामा दोहोरो अंकले बढ्यो सेयरबजार, पूँजीबजार सुधारका व्यवस्था आउने लगानीकर्ताको अपेक्षा

Laxmi Sunrise Bank Limited
मौद्रिक नीतिको पूर्वसन्ध्यामा दोहोरो अंकले बढ्यो सेयरबजार, पूँजीबजार सुधारका व्यवस्था आउने लगानीकर्ताको अपेक्षा

काठमाण्डौ । मंगलबार सेयबजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५७ अंकले बढेर २ हजार ६५१.६८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर लाग्दै ४६०.६१ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ५५ करोड ७९ लाख बढीको सेयर कारोबार भएको थियो।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार सुवास भट्टराई भन्छन्, ‘लगातार घटेको बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आव २०८३÷८४ को मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिमार्फत पूँजीबजार सुधारका लागि केही नीति तथा व्यवस्थाहरु आउने आश्वासनले लगानीकर्ताहरु उत्साहित देखिएका छन् । यसैको प्रभावले आज बजार बढेको हो ।’

उनले थपे, ‘साथै लगानीकर्ताहरुले समेत मौद्रिक नीतिमा विभिन्न सुझावहरु कार्यान्वयन गर्न माग गरेका छन्, यदि राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन गरेमा पूँजीबजार मात्रै नभई समग्र अर्थतन्त्रमा सुधार हुने देखिन्छ । यसबाहेक यो समय सेयरबजार बढ्ने सिजन पनि हो । विस्तारै असार मसान्तको दबाब पनि सकिन थालेको छ, मौद्रिक नीतिमार्फत राम्रो कुरा आएमा लगानीकर्ताहरु पुनः सेयरबजारमा लगानी गर्न हौसिनेछन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । आज व्यापार समूह सर्वाधिक अर्थात १.८९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.५२ प्रतिशत, विकास बैंक १.१३, फाइनान्स ०.५७, होटल ०.५४, हाईड्रो ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.३०, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज केबीएल डिबेञ्चर २०९० को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज २० करोड ७५ लाख बढीको सेयर कारोबार भयो । यस्तै कृषि विकास बैंक डिबेञ्चर २०८३ को १७ करोड ९२ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख र गरिमा डिबेञ्चर २०८५ को १६ करोड ७७ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज कालंगा हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सानिगाड हाईड्रोको सेयरमूल्य १०.५७ प्रतिशत, उपकार लघुवित्तको ९.६६, मन्दाकिनी हाईड्रोपावरको ५.५५ र मोलुङ हाईड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले बढ्यो ।

यो दिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १३.७८ प्रतिशतले घट्यो । यस्तै स्नो रिभर्सको सेयरमूल्य ५.१३ प्रतिशत र टक्सार पिखुवा खोला हाईड्रोको सेयरमूल्य ४.४१ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.