काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिसम्बन्धी पत्रकार सम्मेलन आज आयोजना गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार पत्रकार सम्मेलन आज अपराह्न ४ बजेर १५ मिनेटमा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको अडिटोरियम हलमा हुनेछ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति अनलाइनमार्फत बाचन गरेसँगै पत्रकार सम्मेलन आयोजना हुनेछ ।
पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका प्रमुख व्यवस्था, प्राथमिकता तथा कार्यान्वयनसम्बन्धी विषयमा जानकारी गराइने जनाइएको छ।

