Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपालमा ब्याट्री स्वापिङ इको सिस्टम लञ्च गर्दै गोगोरोले गर्‍यो ‘गोगोरो क्रसओभर जीएक्स २५०’को अनावरण

Global IME Bank Limited
नेपालमा ब्याट्री स्वापिङ इको सिस्टम लञ्च गर्दै गोगोरोले गर्‍यो ‘गोगोरो क्रसओभर जीएक्स २५०’को अनावरण
Nabil Bank Limited

काठमाण्डौ । ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्डक ःजीजीआर)र नेबुला इनर्जीले नेपालमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर‘जीएक्स २५०’ स्मार्ट स्कूटर लञ्च गरेका छन्।

पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाण्डौको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो। नेबुला इनर्जी प्रालि नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो।

कार्यक्रमका प्रमुख अतिथी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभर स्मार्ट स्कुटर जीएक्स२५० को संयुक्त रुपमा अन्वारण गरेका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नविन प्रविधि र दिगो गतिशिलता मार्फत् नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरेका थिए ।  

‘नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ। नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ’, गोगोरोका प्रतिनिधिले भने। 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
CG Motors
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.