मंगलवार, असार ३०,२०८३ 11:53:42
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 11:53:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता आजदेखि हुँदै

Laxmi Sunrise Bank Limited
पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता आजदेखि हुँदै

काठमाण्डौ । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता प्रक्रिया आजदेखि सुरु गरेको छ।

समितिका अनुसार समस्याग्रस्त घोषणा गरिएका सिभिल क्रेडिट एण्ड सेभिङ को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत फिर्ता गर्न लागिएको हो।

New Office
CG Motors
Garima Development Bank

यी सहकारीका साना बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्मको बचत रकम फिर्ता गरिनेछ। बचत फिर्ता कार्यक्रम ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजना गरिएको छ।

असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्यसहित तयारी भइरहेको छ। समितिले बचतकर्ताको विवरण प्रमाणीकरण गर्ने काम पूरा गरिसकेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बचत फिर्ताका लागि करिब ९करोड रुपैयाँ संकलन भइसकेको समितिले जनाएको छ। योजना अनुसार सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्तालाई एक लाख रुपैयाँसम्म तथा दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म रकम फिर्ता गरिनेछ।

यसबाट पाँच सहकारीका करिब ३ हजार साना बचतकर्ता लाभान्वित हुने समितिको अनुमान छ।

यसअघि समितिले जेठ २२ गते समस्याग्रस्त घोषणा गरिएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.