काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्।
प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका हुन्। केहीबेरअघि दुवै नेता सँगै संसद् भवन पुगेका थिए।
प्रधानमन्त्री शाह बैठकमा उपस्थित हुने विषय यसअघि औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन। उनको आकस्मिक उपस्थितिलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।
यसअघि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाह बैठकमा उपस्थित हुने जानकारी दिएका थिए।
पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच राजनीतिक तथा समसामयिक विषयमा संवादसमेत बाक्लिएको छ। असार २८ गते उनीहरूबीच लामिछाने निवासमा चार घण्टाभन्दा लामो छलफल भएको थियो।

