मंगलवार, असार ३०,२०८३ 04:07:33
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 04:07:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ । संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागितामा संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सूर्यविनायक नगरपालिकास्थित होटल घ्याम्पेडाँडामा सञ्चालन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कार्यक्रमको डिजिटल ब्यानर डिस्प्ले गरी उद्घाटन गरे ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति घिमिरेले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको विकास, व्यवसायीकरण र आधुनीकरण गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको विकासका लागि कृषकलाई राज्यको तर्फबाट सम्मान, प्रोत्साहन आवश्यक रहेको उनको भनाइ छ । विकसित देशहरुमा किसानलाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक हुने गरेको भन्दै उनले जर्मन जाँदा आफूलाई कृषिप्रधान देश नेपालबाट आएको व्यक्ति भनेर उच्च सम्मान दिएको स्मरण गरे ।

उनले देशमा कृषि क्षेत्रलाई दिगो विकास, व्यवसायीकरण र रोजगारमुखी बनाउन कृषकमैत्री नीति आवश्यक रहेको बताए । कृषि उद्यम केन्द्रले व्यवसायिक रुपमा कृषि क्षेत्रको व्यापक विकास गर्न सरोकारवाला निकायलाई सुझाव दिँदै आएको भन्दै उनले कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि भूमिका खेल्न आग्रह गरे ।

New Office
CG Motors
Garima Development Bank

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले विगतमा झै जिल्ला नगर उद्योग वाणिज्य संघहरुको वृत्ति विकास, सचिवालय सुदृढीकरण, क्षमता विकास लगायत अन्य कार्यमा कृषि उद्यम केन्द्रबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । भक्तपुर उद्योग वाणिज्य संघका विविध उद्देश्यहरुमध्ये प्रतिस्पर्धी व्यवसायिक कृषिको विकास गर्ने पनि रहेको भन्दै उनले सोही अनुरुप संघले विविध कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए ।

कृषि उद्यम केन्द्रका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एवं कार्यक्रमका सहजकर्ता अरुण श्रेष्ठले संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रमबाट कुनै पनि संस्थाको सबल र कमजोर पक्ष तथा सुधार गर्नुपर्ने पक्ष स्पष्ट रुपमा पत्ता लाग्ने भएकाले हरेक संघ संस्थाको लागि यो कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । स्वःमूल्यांकन कार्यक्रमबाट पहिचान भएका कमजोर पक्षलाई ध्यानमा राखी तथ्यपरक योजना बनाई अगाडि बढ्न सके संघलाई अझ दिगो रुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष विश्वराम दुवालले आआफ्नो धारणा राखेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूवअध्यक्ष अध्यक्ष एवं सल्लाहकार र कर्मचारीहरुबीच संघसँग सम्बन्धित विभिन्न सूचांकहरुमा केन्द्रित रहेर घनिभूत छलफल गरिएको थियो । 

संघको स्रोत, साधन एवं वित्तीय अवस्था, सामाजिक समावेशीकरण तथा लैंगिक समानताका सवालहरु समावेशको अवस्था, कार्यक्रम योजना र दिगोपन, आन्तरिक संगठनको यथार्थ अवस्था, ज्ञानको व्यवस्थापन एवं सेवाको गुणस्तरको अवस्था, संघबाट हुने गरेका पैरवी, कार्यसमिति सदस्यहरु एवं कर्मचारीहरुको उत्प्रेरणा र प्रतिबद्धताको यथार्थता, घरेलु, लघु, साना तथा मझौला उद्यम विकास र व्यवस्थापनको अवस्था, सरोकारवालाहरुसँगको सम्बन्ध लगायतका विषयमा मूल्यांकन गरिएको थियो । 

स्वःमूल्यांकनको क्रममा संघले अधिकांश सूचांकहरुमा अपेक्षित प्रगति हासिल गरी संघ अति उत्तम स्थानमा रहेको पाइयो भने सुधार गर्नुपर्ने विषय पनि पहिचान गरियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.