काठमाण्डौ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिज प्रालिले काठमाण्डौ बाहिर तथा नेपाल बाहिर रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ।
कम्पनीका अनुसार तालिम गुगल मिटमार्फत हरेक दिन साँझ साढे ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ। तालिममा सेयर बजार सम्बन्धी आधारभूतदेखि उन्नत विषयसम्मका व्यावहारिक तथा विश्लेषणात्मक पक्ष समेटिनेछन्।
तालिममा सेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजरहरूले सेयर छनोट गर्ने विधि, लगानीमा लिभरेज (मार्जिन कारोबार) को प्रयोग तथा जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध विभिन्न वित्तीय लगानीका साधन, भ्यालु इन्भेष्टिङ र मल्टिब्यागर शेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा प्राविधिक विश्लेषण (क्यान्डल, चार्ट, ट्रेन्ड, प्याटर्न र विभिन्न इन्डिकेटरहरू) लगायतका विषय समावेश गरिने जनाइएको छ।
त्यसैगरी, वर्तमान बजार परिवेशमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा तथा सौगात पन्तको सहभागितामा विशेष प्यानल छलफल पनि आयोजना गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त तालिमले नयाँ तथा अनुभवी दुवै प्रकारका लगानीकर्तालाई सेयर बजारबारे ज्ञान अभिवृद्धि गर्न, लगानीसम्बन्धी निर्णय क्षमता विकास गर्न तथा वित्तीय साक्षरता विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
तालिममा समावेश गरिने विषयहरुः
१. सेयर बजारको आधारभूत विश्लेषण
२. संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजर्सहरुले सेयर छनौट गर्ने विधि
३.लगानीमा लिभरेज (मार्जिन कारोबार आउँदै गरेको सम्बन्धमा) को प्रयोग तथा जोखिम व्यवस्थापन सम्बन्धमा ।
४. नेपालमा लगानीका लागि उपलब्ध वित्तिय साधनहरु
५भ्यालु इन्भेष्टिङ्ग र मल्टि( बैगर्स सेयर पत्ता लगाउने तरिका (लगानी अनूभव सहित)
६. लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग
७. प्राविधिक विश्लेषण (क्याण्डल, प्याटर्न, चार्ट, ट्रेण्ड र विभिन्न इण्डिकेटरहरु सहित)
८. वर्तमान परिवेशमा लगानीकर्ताहरुले कस्तो रणनीति अख्तियार गर्ने

