काठमाण्डौ । नेपाल र क्यानडाबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित एम्बासडर्स क्लब नेपालले क्यानडाका नेपालस्थित डेपुटी हाई कमिश्नर डा. मार्क एलेनसँग उच्चस्तरीय कूटनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
काठमामण्डौमा आयोजित कार्यक्रममा डेपुटी हाई कमिश्नर डा. एलेनसँगै नेपालका लागि क्यानडाका मानार्थ वाणिज्यदूत डा। बुद्ध बस्न्यात तथा सुश्री तेजदीप कौरको सहभागिता रहेको थियो।
कार्यक्रममा इन्टरनेशनल रिलेसन्स ग्लोबल डिप्लोमेसी डाइलग, एम्बासडर्स क्लब नेपाल, डिप्लोम्याट नेपाल तथा डिप्लोम्याटिक एकेडेमी नेपाल ० की अध्यक्ष राजदूत डा। शर्मिला पराजुली ढकालले अतिथिहरूलाई स्वागत गर्दै नेपाल–क्यानडा सम्बन्धको ६० वर्षे यात्रालाई स्मरण गरिन्। उनले सन् १९६५ देखि आपसी सम्मान, लोकतान्त्रिक मूल्य, मित्रता र विकास सहकार्यका आधारमा दुवै देशबीचको सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरिन्।
डा. ढकालले IRGDD, एम्बासडर्स क्लब नेपाल, डिप्लोम्याट नेपाल र डिप्लोम्याटिक एकेडेमी नेपालको संस्थागत संरचनाले १८ मे २०२६ मा पहिलो स्थापना दिवस सम्पन्न गरेको जानकारी दिँदै विगत एक वर्षदेखि संवाद, कूटनीति र साझेदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दै आएको बताइन्।
उनले एम्बासडर्स क्लब नेपाललाई नेपालमा कार्यरत राजदूत, नियोग प्रमुख, अन्तर्राष्ट्रिय संस्था, सरकारी निकाय, शैक्षिक क्षेत्र तथा निजी क्षेत्रबीच मित्रता, आपसी समझदारी र सहकार्य अभिवृद्धि गर्ने अग्रणी कूटनीतिक मञ्चका रूपमा परिचित गराइन्। साथै क्ष्च्न्म्म् लाई ट्र्याक १।५ तथा ट्र्याक २ कूटनीतिमा केन्द्रित नेपालको अग्रणी थिंक ट्याङ्क, डिप्लोम्याट नेपाललाई कूटनीतिक संवादको व्यावसायिक मञ्च तथा डिप्लोम्याटिक एकेडेमी नेपाललाई प्रविधिमैत्री कूटनीतिक शिक्षा प्रदान गर्ने संस्थाका रूपमा प्रस्तुत गरिन्।
उनले नेपालका पूर्व राजदूत कालीप्रसाद पोखरेलको योगदानको प्रशंसा गर्दै ूवसुधैव कुटुम्बकम्ू को नेपाली दर्शनलाई स्मरण गराउँदै डेपुटी हाई कमिश्नर डा। एलेन नेपालका लागि पाहुना मात्र नभई विस्तारित परिवारका सदस्य भएको उल्लेख गरिन्।
डा. ढकालले क्यानडामा बसोबास गर्ने नेपाली समुदायलाई दुई देशबीचको सशक्त जनस्तरीय पुलका रूपमा वर्णन गर्दै शिक्षा, उद्यमशीलता, संस्कृति, नवप्रवर्तन र जनस्तरको सम्बन्ध विस्तारमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको बताइन्। साथै क्यानडाले नेपाल हेरिटेज डे लाई दिएको मान्यतालाई नेपाल र नेपाली समुदायप्रतिको सम्मानको प्रतीकका रूपमा व्याख्या गरिन्।
उनले आगामी दिनमा व्यापार तथा लगानी, शिक्षा, पर्यटन, जलवायु परिवर्तन, दिगो विकास, श्रम गतिशीलता, प्रविधि, अनुसन्धान तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा नेपाल–क्यानडा सहकार्य थप विस्तार गर्न सकिने विश्वास व्यक्त गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी हाई कमिश्नर डा। मार्क एलेनले नेपाल र क्यानडाबीच सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठकले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर प्रदान गरेको बताए। उनले नेपालमा देखिएको युवा नेतृत्व र सुधारमुखी विकास अभियान तथा क्यानडाले अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने नीतिले दुई देशबीच सहकार्यका नयाँ सम्भावना सिर्जना गरेको उल्लेख गरे।
उनले सरकार मात्र नभई कूटनीतिज्ञ, नागरिक समाज, विश्वविद्यालय, थिंक ट्याङ्क, निजी क्षेत्र, उद्यमी तथा युवा नेतृत्वको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ प्रभावकारी बनाउन सक्ने धारणा राखे।

