काठमाण्डौ । सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी भएको छ। प्रहरीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाउँदै अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।
प्रदर्शनका क्रममा थप अप्रिय घटना हुन नदिन सुरक्षा निकाय परिचालन गरिएको छ। बिहीबार बिहानदेखि प्रदर्शन चर्किएसँगै जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेशसमेत जारी गरेको छ।

