काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। शाहले समसामयिक विषयवस्तु तथा पछिल्लो परिस्थितिबारे राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्।
सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिका बीच प्रधानमन्त्री शाहको सम्बोधन हुन लागेको हो।
प्रधानमन्त्रीको सम्बोधनमा पछिल्लो अवस्थाबारे सरकारको धारणा, शान्ति तथा सुव्यवस्था कायम गर्ने विषय र आवश्यक कदमबारे जानकारी गराइने अपेक्षा गरिएको छ।

