बिहीबार, श्रावण १४,२०८३ 06:44:06
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 06:44:06
Bizshala
Global IME Bank Limited

सुनसरीका दुवै मृतकका परिवार भेट्न गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता कप्तानगञ्ज जाँदै

सुनसरीका दुवै मृतकका परिवार भेट्न गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता कप्तानगञ्ज जाँदै
New Office

 

 

काठमाण्डौ । सुनसरीको कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी जाने भएका छन्।

गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि घटनास्थल जाने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मन्त्रीद्वय सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका परिवारसँग भेटघाट गर्नुका साथै घटनापछिको अवस्था र घाइतेहरूको उपचारबारे जानकारी लिनेछन्।

गत साउन १० गते कप्तानगञ्जमा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

जयप्रकाशको मृत्युसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच बिहीबार तराईका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाबारे छलफल भएको थियो। सोही छलफलपछि गृहमन्त्री गुरुङले तत्काल सुनसरी जाने निर्णय गरेका हुन्।

स्वास्थ्यमन्त्री मेहताको गृहजिल्लासमेत सुनसरी भएकाले उनले मृतकका परिवार र घाइतेका आफन्तसँग भेट गरी उपचार व्यवस्थाबारे जानकारी लिने बताइएको छ।

सुनसरीबाट सुरु भएको तनाव सिरहा, धनुषालगायत जिल्लामा फैलिँदै झडप, आगजनी, कर्फ्यू र थप मानवीय क्षतिका घटना भएपछि सरकारमाथि शान्ति सुरक्षा कायम गर्न र प्रभावित पक्षसँग संवाद गर्न दबाब बढेको छ।

मन्त्रीद्वयको भ्रमणका क्रममा मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, घटनाको छानबिन र प्रभावित क्षेत्रमा सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.