आईतवार, श्रावण १७,२०८३ 11:07:56
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 11:07:56
Bizshala
Global IME Bank Limited

हुलाकी राजमार्गको सिरहादेखि सर्लाही खण्ड अन्तिम चरणमा, ९०% बढी सडक कालोपत्र

हुलाकी राजमार्गको सिरहादेखि सर्लाही खण्ड अन्तिम चरणमा, ९०% बढी सडक कालोपत्र
New Office

काठमाण्डौ । मधेस प्रदेशको विकासको मेरुदण्डका रूपमा हेरिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा हालसम्म ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भइसकेको छ भने पुल निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।

हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार यस खण्डमा हालसम्म २४ वटा पुल निर्माण सम्पन्न भएका छन्। धनुषामा तीन, महोत्तरीमा तीन, सर्लाहीमा सात र सिरहामा तीन गरी १९ वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।

कालोपत्र गर्न बाँकी रहेको ५८.८ किलोमिटर सडकखण्डमध्ये १२ दशमलव ८ किलोमिटर सडकका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ। चालु आर्थिक वर्षभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

निर्माण प्रगतिअनुसार सिरहामा २९ दशमलव ९८ किलोमिटर, महोत्तरीमा ९१ दशमलव ५६ किलोमिटर र सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।

हुलाकी राजमार्ग पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम जोड्ने यो महत्वपूर्ण सडकमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर पुग्नेछ। यसले मधेस प्रदेशको यातायात, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.