आईतवार, श्रावण १७,२०८३ 12:17:24
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 12:17:24
Bizshala
Global IME Bank Limited

निर्मल पुर्जासहित दिवंगत आरोहीका शव आज क्याम्प–१ ल्याइँदै

निर्मल पुर्जासहित दिवंगत आरोहीका शव आज क्याम्प–१ ल्याइँदै
New Office

 

काठमाण्डौ ।  पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका आरोहीको शव उद्धारमा खटिएको टोली आज क्याम्प–१ सम्म झर्ने तयारीमा जुटेको छ।

उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा घटनास्थलबाट शवहरूलाई सुरक्षित रूपमा क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याउने योजना बनाइएको छ।

मौसम तथा हिमाली क्षेत्रको अवस्था अनुकूल रहे जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई सुरक्षित स्थानमा सारिने ग्राउन्ड टिमले जनाएको छ।

उद्धारमा संलग्न टोलीले दिवंगत आरोहीका शव सुरक्षित रूपमा बाहिर निकालेर सम्मानपूर्वक स्वदेश फर्काउने तयारी भइरहेको जानकारी दिएको छ।

गत बिहीबार मध्याह्न पाकिस्तानको कराकोरम हिमशृङ्खलामा पर्ने ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक क्षेत्रमा हिमपहिरो गएको थियो। हिमपहिरोमा निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीका १० जना आरोही बेपत्ता भएका थिए। उनीहरूमध्ये ६ जना नेपाली पर्वतारोही रहेको बताइएको छ।

पुर्जाको निधन भएको पुष्टि शनिबार मात्रै गरिएको थियो। उद्धार टोलीले अहिले बेपत्ता तथा दिवंगत आरोहीको खोजी र शव व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.