सोमबार, असार १५,२०८३ 04:26:07
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:26:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय बीमा कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकत कम्पनीहरुमध्ये बीमा कम्पनीको सेयर पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पर्ने गर्दछ ।  

केही समययता हाइड्रो कम्पनीको सेयरपछि बीमा कम्पनीको स्टकमा लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीको ७३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

यो कारोबार गत आवको यसै अवधिसम्मको तुलनामा १४९.२० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म बीमा समूहको २९ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

चालु आवको नौ महिनासम्ममा सर्वाधिक हाइड्रोपावर समूहको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म हाइड्रोपावर कम्पनीहरुको कुल १ खर्ब ४० अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

हाइड्रो सेक्टरको यो कारोबार पनि गत आवको तुलनामा ४२.२५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको यसै अवधिसम्म हाइड्रो कम्पनीहरुको ९८ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । पछिल्लो समय दोस्रो बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा अल्पकालिन लगानीकर्ता हाबी छन् । बजार जानकारहरुका अनुसार दीर्घकालिन लगानीकर्ताले लाभांश पाउन बढी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयरमा लगानी गरेका हुन्छन् भने अल्पकालिन लगानीकर्ताले छोटो समयमा बढी नाफा कमाउन हाइड्रोपावर कम्पनीका सेयरमा लगानी गरेका हुन्छन् ।

तर, विज्ञहरुका अनुसार हाइड्रोपावर जस्ता कम्पनीको सेयरमा अल्पकालिन लगानी गर्दा नाफासँगै लगानी डुब्ने जोखिम पनि उत्तिकै हुन जान्छ । बजार जानकार सरोज भट्टराईका अनुसार पछिल्लो समय बजारमा प्राविधिक विश्लेषण गर्ने लगानीकर्ताहरुको संख्या बढी छ । कम्पनीको प्राविधिक विश्लेषण गर्न सक्ने लगानीकर्ताले बढी हाइड्रोपावरका सेयरमा नै कारोबार गर्ने भट्टराईको भनाई छ ।  

नेप्सेमा सूचीकृत कम्पनीमा हाइड्रो कम्पनी बढी हुनु र बजार छिरेका नयाँ लगानीकर्ताले पनि स्टक खरिदबिक्रीका सो समूहका कम्पनी नै रोज्नुले हाइड्रो सेक्टरको बढी कारोबार देखिएको भट्टराई बताउँछन् । ‘पछिल्लो समय अझ प्राविधिक विश्लेषण गर्ने लगानीकर्ताहरु बढी छन् । बजारमा लार्ज क्याप भएका कम्पनी भन्दा चर्चामा रहेका कम्पनीहरु उठाउने वा फाल्ने ट्रेन्ड छ’ उनले भने, ‘मार्केटमा नाम चलेका कम्पनीहरुमा सर्वाधिक हाइड्रो सेक्टरबाटै छ । साथै प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनी पनि नेप्सेमा चर्चामा आइरहने कम्पनीहरु हुन् ।’

New Office
CG Motors
Garima Development Bank

दोस्रो बजारमा हाइड्रोपछि बीमा कम्पनीहरुको सर्वाधिक कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेप्सेमा १२ जीवन र १२ निर्जीवन गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् ।  

चैत मसान्तसम्म २४ बीमा कम्पनीको १२ करोड ५३ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७३ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार हुन पुगेको छ । जसमा जीवन बीमा कम्पनीको मात्रै ४४ अर्ब ५६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको ४४ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

त्यस्तै, चालु आवको नौ महिनामा कमर्सियल बैंकहरुको ४९ अर्ब ३६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । गत आवको तुलनामा वाणिज्य बैंकहरुको सेयर खरिदबिक्रीमा खासै फरक देखिएको छैन । गत आवको यस अवधिसम्म पनि कमर्सियल बैंकहरुको ४९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो ।  

साथै उत्पादन तथा प्रशोधन समूहको ४४ अर्ब ४५ करोड, अन्य समूहको २८ अर्ब ८३ करोड, लघुवित्त समूहको २८ अर्ब ५२ करोड, लगानी समूहको २६ अर्ब ८५ करोड, विकास बैंक समूहको २४ अर्ब ४ करोड, वित्त समूहको २३ अर्ब ७३ करोड, होटल तथा पर्यटन समूहको १६ अर्ब २४ करोड, ब्यापार समूहको २ अर्ब ८७ करोड र म्युचुअल फण्ड समूहको १ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । चैत मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको ४ खर्ब ५९ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.