Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

निर्जीवन बीमा व्यवसायमा शिखर सधैं लिडर, ६ महिनाको बीमाशुल्क आर्जनमा पनि नम्बर वान

Global IME Bank Limited
निर्जीवन बीमा व्यवसायमा शिखर सधैं लिडर, ६ महिनाको बीमाशुल्क आर्जनमा पनि नम्बर वान
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा औसतमा ३.४२ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यही अवधिमा १४ निर्जीवन बीमा कम्पनीले २० अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

समीक्षा अवधिसम्म ८ कम्पनीको व्यवसाय गत वर्षको तुलनामा बृद्धि भएको छ, भने ७ कम्पनीको व्यवसाय खस्किएको छ । निर्जीवन बीमा क्षेत्रमा उल्लेख्य व्यवसाय भित्र्याउने ठूला कम्पनीहरुको व्यवसाय नै यस वर्ष खस्किएको देखिएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर जस्ता धेरै व्यापार गर्ने कम्पनीको व्यवसाय नै खस्किँदा निर्जीवन बीमा व्यवसाय औसतमा ३ प्रतिशतले घट्न पुगेको छ ।

पुष महिनासम्म सबैभन्दा बढी बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सले गरेको छ । निर्जीवन बीमा कम्पनीहरु एकआपसमा मर्ज भई चालु आवको सुरुवाती महिनाहरुमा आक्रामक व्यापार गर्दा शिखर ओझेलमा परेको थियो ।  

कम्पनीले यस वर्षको ६ महिनासम्म सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल भएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसायहरुमा सबैभन्दा बढी व्यवसाय भित्र्याएर नम्बरवान स्थान कायम गरेको छ ।  

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले बजारमा मर्ज भएका कम्पनी बलियो भई प्रतिस्पर्धामा उत्रिए पनि शिखर इन्स्योरेन्सले आफ्नै तबरले व्यापार गर्ने बताएका छन् । ‘पछिल्लो केही महिनायता मर्ज भएका कम्पनीहरुको विजनेश राम्रो देखिएको छ, तर शिखरको व्यापार घटेको भन्न मिल्दैन, कम्पनीले आफ्नै हिसाबमा व्यवसाय गरिरहेको छ, स्वस्थ तरिकाबाट प्रतिस्पर्धामा उत्रिंदा निर्जीवन बीमा क्षेत्र उकासिन्छ ।’ उनले भने ।  

गत महिनाहरुमा शिखर इन्स्योरेन्सको व्यापार सगरमाथा लुम्बिनी(सलिको) र सिद्धार्थ प्रिमियरको भन्दा कम थियो । कम्पनीले पछिल्लो महिनामा व्यवसायमा लय समात्दै फड्को मारेको छ ।  

शिखरले ६ महिनासम्म सबैभन्दा बढी २ अर्ब ४५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेर पहिलो स्थान कायम गरेको छ ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनीले २ अर्ब ३४ करोड र तेश्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

व्यवसाय बढाउने ८ कम्पनी  

गत वर्षको तुलनामा यस वर्ष ८ कम्पनीको व्यवसाय बृद्धि भएको छ । सबैभन्दा बढी बीमाशुल्क आर्जन बढाउन द ओरियण्टल इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीले ३३.३१ प्रतिशतले व्यवसाय बढाएको छ ।  

त्यस्तै, नेशनल इन्स्योरेन्सको २४.५९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १७.६३ प्रतिशत, सानिमा जिआईसीको १३.१६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ११.२२ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.०९ प्रतिशत, नेकोको ४.४३ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ४.०९ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, गत वर्षको तुलनामा सबैभन्दा बढी व्यवसाय राष्ट्रिय बीमा कम्पनीको ५०.७५ प्रतिशतले घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.