Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज, मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क वृद्धि

Global IME Bank Limited
आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज, मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्ने भन्दै केही वस्तुमा  मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेका छन् ।  

बजेटमार्फत उनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेका छन् । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजेटमार्फत मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तशुल्क दरमा वृद्धि  गरिएको छ । योसँगै मदिरा, बियर, सूर्चित र चुरोट महंगिने छन् ।  

यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्याइएको छ ।  

मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने बताइएको छ। वार्षिक रु. २५ करोड भन्दा बढीको कारोवार गर्ने सबै करदाताको कारोवारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरिनेछ।

बैंक तथा वित्तीय संस्थामा पेश गरिएका वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गर्ने समेत घोषणा भएको छ।करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयले क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गर्ने समेत बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.