Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

लाभांश घोषणा गरेकै दिन किन घट्यो एशियन लाइफको सेयरभाउ?बीमा कम्पनीमा आकर्षण घटेकै हो त ?

Global IME Bank Limited
लाभांश घोषणा गरेकै दिन किन घट्यो एशियन लाइफको सेयरभाउ?बीमा कम्पनीमा आकर्षण घटेकै हो त ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिनमा एशियन लाइफ इन्स्योरेन्सको सेयरभाउ ०.२२ प्रतिशत अर्थात् १.५० रुपैयाँले घटेर ६८० रुपैयाँ कायम भएको छ ।  

बजार खुल्दासम्म कम्पनीको सेयरभाउ अधिकतम ६८१ रुपैयाँ र न्यूनतम ६७५ रुपैयाँसम्म पुगेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले आज मात्रै गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हालको चुक्तापुँजी ३ अर्ब १५ करोड रुपैयाँबाट ७.७५ प्रतिशतबोनस सेयर र १ करोड २८ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ ।  

कम्पनीले लाभांश घोषणा गरेकै दिन सेयरभाउ घटेको छ । विगतका दिनहरुमा कुनै कम्पनीले लाभांश वा हकप्रद घोषणा गर्दा कम्पनीको सेयरभाउ बढ्ने गरेको रेकर्ड छ । पछिल्लो केही दिनयता सेयर लगानीकर्ताहरुमा कम्पनीले दिने लाभांश भन्दा पनि बजार विश्लेषण गरी अल्पकालिन लगानीमा जोड दिइरहेको देखिएको छ ।  

बजार जानकार सरोज भट्टराईले पछिल्लो समय लगानीकर्ताहरुको संख्या बढ्दा कम्पनीले दिने बोनसमा भन्दा बजारमा चर्चामा आएका कम्पनीमा बढी ध्यानदिने गरेको बताएका छन् । उनकाअनुसार बजारमा दीर्घकालिनलगानीकर्ता भन्दा बढी अल्पकालिनलगानीकर्ताहरुको हाबीहुँदा पछिल्लो समय नेप्से इन्डेक्स समेत घट्न पुगेको छ ।  

‘एसियन लाइफ इन्स्योरेन्सले आज मात्रै लाभांश घोषणा गरेको छ, तर लगानीकर्ताहरुको नजरमा कम्पनी पर्न सकेन, यसलाई लगानीकर्ताको मनोविज्ञान पनि भन्न सकिन्छ, कम्पनीले लाभांश घोषणा गरकै दिन सेयरभाउ घट्नुमा लगानीकर्ता धेरै भएको परिणाम मान्न सकिन्छ’ उनले भने, ‘समग्रमा इन्डेक्स कता छ भन्नेले कम्पनीको मूल्यनिर्धारण गर्छ, अहिले बजारमा सेयर किन्नेभन्दा पनि बेच्नतर्फ लगानीकर्ताहरु अग्रसर छन्, यसैको परिणामले एशियन लाइफ ओझेलमा परेको हो ।’

विगतमा कुनै कम्पनीले लाभांश घोषणा गर्दा सो कम्पनीको सेयरभाउ उच्च बढ्ने र खरिद– बिक्रीमा समेत चाप हुने रेकर्ड रहेको भट्टराई बताउँछन् । ‘बजारमा अहिले लहैलहैमा कारोबार गर्नेको संख्या बढी छ, कुन कम्पनीको सेयर किन्दा फाईदा छ या छैन र कति समय सम्महोल्ड गर्दा प्रतिफल पाउन सकिन्छ भन्ने कुराको विश्लेषण नगर्ने होडबाजीले आफ्नो लगानी डुब्न सक्ने जोखिम हुन्छ’उनले भने ‘बजार बुझ्ने लगानीकर्ताहरु पोजेटिभ न्यूज कुरेर बसेका हुन्छन्, पछिल्लो केही दिनयता अल्पकालिन लगानीकर्ताको संख्या धेरै हुँदा राम्रा कम्पनीहरु समेत ओझेलमा परेका छन् ।’

बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानीको दायरा बढाएपनि इन्स्योरेन्स कम्पनीमा सेयर लगानीकर्ताहरु खासै केन्द्रीत नभएको भट्टराईको भनाई छ ।  

साथै अर्का बजार जानकार बिरेन्द्र विष्ट पनि पछिल्लो समय लगानीकर्ताहरु हाइड्रो सेक्टरतर्फ बढी केन्द्रीत हुँदा बीमा कम्पनी छाँयामा परेको बताउँछन् ।  

‘अहिले हाइड्रोपावर कम्पनी र हाथवे इन्भेष्टमेन्ट जस्ता चर्चामा रहेका कम्पनीम ालगानीकर्ता बढी केन्द्रीत देखिन्छन्, एशियनलाइफको हकमा त्यहि भएको हो, कम्पनीले आज लाभांश घोषणा गरे पनि लगानीकर्ताहरुको नजरमा सो कम्पनी पर्न सकेन’उनले भने, ‘त्यसैमाथी बीमा कम्पनीहरुको लाभांश दर घट्दै गइरहेको छ, या सो कम्पनीले लगानीकर्ताको ध्यानआकर्षण गर्ने खालको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको भए आज उक्त कम्पनीमा लगानीकर्ताहरु झुम्मिने थिए ।कम्पनीले प्रस्ताव गरेको लाभांश खासै आकर्षित नभएकाले आज कम्पनीको सेयरभाउ उल्टै घट्न पुगेको हो ।’

साथै बजारमा लाइप mइन्स्योरेन्स भन्दा पनि नन–लाइफ इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताहरु बढी केन्द्रीत हुने गरेको बिष्ट बतााउँछन् । ‘एशियन लाइफले बोनस भन्दा पहिला हकप्रदको प्रस्ताव ल्याउला भन्ने आम लगानीकर्ता प्रतिक्षारत थिए । बोनस नै जारी गरे पनि िचत्तबुझ्दो नहुँदा कम्पनीमा लगानीकर्ताको आँखानपरेको हुन सक्छ ।’ उनले भने ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
CG Motors
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.