बिहीबार, बैशाख ३,२०८३ 09:01:53
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 09:01:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबैको लघुवित्तद्वारा दाङको उरहरीमा तालिम सम्पन्न

Bizshala
सबैको लघुवित्तद्वारा दाङको उरहरीमा तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको दाङ जिल्लाको उरहरी शाखाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका–११, उरहरीमा ‘फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम’सम्पन्न गरेको हो ।  

यस तालिममा प्रशिक्षकको भूमिकामा बालकृष्ण सापकोटा, प्रकाश पौडेल, विक्रम उपाध्याय, रिमा कँडेल रहेका थिए ।  

ह्याण्डवाश बनाउन चाहिने सामग्री, ह्याण्डवाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, ट्वाइलेट क्लिनर बनाउन चाहिने सामग्री, ट्वाइलेट क्लिनर बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तालिमका मुख्य प्रशिक्षकश्री बालकृष्ण सापकोटाले फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनरको महत्व, फाइदा, आवश्यकता बारेमा जानकारी गराएका थिए । साथै घरमै बसेर थोरै लगानीमा यो ब्यवसाय गर्न सकिने जानकारी गराएका थिए ।

सबैको लघुवित्त वित्तीय संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखाकार्यालयहरु, ५ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.