बिहीबार, माघ १५,२०८२ 05:49:23
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 05:49:23
Bizshala
Global IME Bank Limited
Bizshala

नरेन्द्र मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल भारत जाने, ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय

नरेन्द्र मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल भारत जाने, ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारतको भ्रमणको निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको तर कति जनाको टीली जाने भन्ने बारे भने टुङ्गो नलगोको बताएकी छन् ।  

यसका साथै मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ । बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  

सरकारले भारतस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मा अमेरिकाबाट प्राध्यापक श्रीधर खत्री, बेलायतबाट पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, पोर्चुगलबाट सलिन नेपाल, इजरायलबाट कान्ता रिजाल, दक्षिण कोरियाबाट ज्योति प्याकुरेल भण्डारी, साउदी अरबबाट नवराज सुवेदी, मलेसियाबाट डिल्लीराम पौडेल, डेनमार्कबाट प्राध्यापक रामस्वार्थ राय, कतारबाट नरेशविक्रम ढकाल र स्पेनबाट शर्मिला पराजुलीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

Bizshala
Garima Development Bank
New Office

यसैगरी बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय समेत गरेको प्रवक्ता रेशा शर्माले बताइन् ।  

हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने,मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने,जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुका रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.