बुधबार, श्रावण १३,२०८३ 06:56:11
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:56:11
Bizshala
Global IME Bank Limited

एमालेलाई ठूलो राजनीतिक क्षति, ४९ स्थानमा जमानत जफत

एमालेलाई ठूलो राजनीतिक क्षति, ४९ स्थानमा जमानत जफत
New Office

काठमाण्डौ । नेकपा एमालेले यसपटकको निर्वाचनमा झण्डै आधा हिस्सा गुमाउन पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको नेकपा एमाले २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।  

एमालेले यसपटकको निर्वाचनमा समातुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत प्राप्त गरेको छ, जुन यो मत अघिल्ले पटकको निर्वाचनको समानुपातिकतर्फको तुलनामा ४८.८४ प्रतिशत कम हो । अघिल्लो पटक नेकपा एमालेले समातुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो ।  

त्यस्तै, प्रत्यक्षतर्फ समेत एमालेको मत ह्वात्तै खुम्चिएको छ । अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ४४ स्थानमा जितेको एमालेले यसपटकको चुनावमा ९ स्थानमा मात्र जित हासिल गर्न सफल भएको छ ।

एमालेले यसपटक ताप्लेजुङ, इलाम–२, संखुवासभा, धनकुटा, बाँके–२, दैलेख–२, अछाम–२, बझाङ, दार्चुलामा मात्रै जित हासिल गरेको छ ।  

निर्वाचन आयोगका अनुसार एमालेले यो निर्वाचनमा देभैभरीबाट ठूलो मताधार गुमायो । राष्ट्रि स्वतन्त्र पार्टीको दबदबाले काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा नेकपा एमालेले ठूलो मताधार गुमाउन पुगेको हो ।  

झापा–१, झापा–३, मोरङ–३, ४, ५, ६, सुनसरी–१, २, ४, सप्तरी–२, ३, ४, सिराहा–२, ४, महोत्तरी १, २, ३, सर्लाही १, २, ३, रौतहट–२, ३, ४, बारा–३, काठमाडौं–१, २, ३, ५, ७, ८, ९, १०, भक्तपुर–१, ललितपुर–२, ३, चितवन–२, ३, गोरखा–१, २, तनहुँ–१, रूपन्देही–१, ३, कपिलवस्तु–२, दाङ–१, नवलपरासी–१, २, कैलाली–१, ३, डडेलधुरा गरी ४९ स्थानमा त एमालेको जमानत जफत नै भएको छ ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार यसपटक एमालेको २५ सांसदको प्रतिनिधित्व रहने सम्भावना देखिन्छ । ९ जना प्रत्यक्षतर्फ जितेका र समानुपातिकतर्फ १६ जना गरी कुल २५ सिट आउने सम्भावना रहेको छ । २०७९ सालको निर्वाचनमा भने एमालेको प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसदको प्रतिनिधित्व थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.