Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जादैँ

Hyundai Nepal
नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जादैँ
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाने भएका छन् । प्रधानमन्त्री दाहाल आज ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत जान लागेका हुन् ।

प्रधानमन्त्री दाहालसँग उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत प्रस्थान गर्नेछन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ दलको गठबन्धन एनडीएले बहुमतल्याएपछि नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न लागेका हुन् । 

आज साझ हुन लागेको मोदीको प्रधानमन्त्रीको शपथग्रहण समारोहमा छिमेकी राष्ट्रसहित अन्य देशको प्रमुख तथा विशिष्ठ व्यक्तिहरु सहभागी हुँदैछन् ।  

Shivam Cement
Sagarmatha Cement

मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । शपथग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.