काठमाण्डौ। गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात भएको छ।आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ।
निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेका छन्।
आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको कार्यालयको भनाइ छ।
गत आर्थिक वर्षमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको छ। बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए।
गत आर्थिक वर्षमा सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। जसमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको बताइएको छ।
गत वर्ष आयात भएका सवारीसाधनको मूल्य रु १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए।
आर्थिक वर्ष २०८०/८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                