बिहीबार, बैशाख ३१,२०८३ 11:04:22
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:04:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरुको थामिनसक्नु भीड, कारोबारीलाई भने बेचेको सेयर बढेकोमा पछुतो

Laxmi Sunrise Bank Limited
ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरुको थामिनसक्नु भीड, कारोबारीलाई भने बेचेको सेयर बढेकोमा पछुतो
Shivam Cement

काठमाण्डौ । सेयर बजार सम्भावनाको खेल हो । यो बजारमा सम्भावना नै सम्भवना हुन्छ । तर यसमा निश्चितता भने हुँदैन । पछिल्लो पटक ३२ सय विन्दुबाट खसेको सेयर बजार लामो समयसम्म १८ सय देखि २२ सय विन्दमा अल्झिएको थियो । यो समय लगानीकर्ताका लागि निकै पीडादायी थियो ।  

अवस्थाा यस्तोसम्म आएको थियो कि कतिपय लगानीकर्ताहरुको सेयर नै बैंकले बेचिदिएको थियो । कति लगानीकर्ताहरु सेयर बजारबाट नै पलाएन भएर विदेश समेत लागे । कतिपयले सेयर बजार छाडेर अन्य व्यवसाय अपनाएका थिए । कति लगानीकर्ताहरु दशैं ंजस्तो चाडपर्वमा पनि आफ्नो पुरानो थातथलो जान सकेनन् । सेयर बजारको गिरावटसँगै श्रीमान’श्रीमतिबीच ने मनमुटाव भएका समाचार पनि बाहिर आए ।  

Bizshala
New Office
CG Motors

५ औं पटकमा २२ सयलाई ग्याप अप ओपनिङ सहित फड्को मारेको बजार इन्ट्रा डे करेक्नस हुँदै आज २७६० मा बन्द भएको छ   । बजार दिनहु बढेसँगै ब्रोकर हाउसहरुमा रौनक फर्किएको छ । अहिले ब्रोकर हाउहरुमा पार्किङदेखि बस्ने ठाँउसम्मको अभाब हुन थालेको छ ।  

ब्रोकर हाउसमा नयाँ तथा पुराना लगानीकर्ताहरुको थामि नसक्नुको भीड देखिन थालेको छ । आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८)मा हामी पुग्दा लगानीकर्ताहरुको भीड थामिनसक्नु थियो । ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरुले डिम्याट खोल्न तथा सेयर बजारको विषयमा बुझ्न उल्लेखनिय रुपमा भिजिट गरेको पाइयो । यसै ब्रोकरमा भेटिएका एक जना लगानीकर्ताले आफू केही समय अघि सिड्नीबाट नेपाल आएको बताए । उनले आफू नेपाल आएको समयमा सेयर बजारले गति लिएकाले सेयर कारोबारको विषयमा बुझ्न ब्रोकर हाउस आएको बताए । ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरुको पनि भीड राम्रै थियो । लगानीकर्ताले अब महंगा भन्दा पनि सस्ता कम्पनीमा लगानीकर्ता नजर लागेको चर्चा गरेका थिए ।  

क्रियटिभ सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४०) मा पनि लगानीकर्ताको भिड ठूलो थियो । लगानीकर्ताहरुमा खुसी र दंग देखिन्थे । ठट्यौली पारामा केही युवा लगानीकर्ता बजार बढेकाले अब बिहे गर्ने योजना समेत सुनाउँदै थिए । कोही भने दुबई घुम्न जानेसम्मको योजना बुन्दै थिए । केही कारोबारी लगानीकर्ता भने बेचेको सेयर बढेको देखेर दुख मनाउ गर्दै थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.