आईतवार, श्रावण १०,२०८३ 04:31:01
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 04:31:01
Bizshala
Global IME Bank Limited

अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने- अर्थमन्त्री पौडेलको दाबी

अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने- अर्थमन्त्री पौडेलको दाबी
New Office

काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही भएको बताएका छन्। उनले आइतबार लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनेको बताएका हुन्। 

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर स्थिर सरकार गठन भएको र राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने बताए। उनले निजी क्षेत्रलाई उत्साहित भएर उत्पादन लगानीमा केन्द्रित गर्नका लागि  सरकारले प्रोत्साहित गर्ने बताए। 

यस्तै,राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने उनको भनाइ छ। भरोसायोग्य अविभावक पाएको रअर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहीनढङ्गले विश्लेषण गरेर त्यसको समाधान खोजिने उनी बताउँछन्। 

नयाँ सरकार गठन भएपछि मौद्रिक नीति जारी भएको र पुँजीबजार सुधारोन्मुख हुँदै गएको उनको दाबी छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.