सोमबार, असार २,२०८२ 04:14:14
  • सोमबार, असार २,२०८२ 04:14:14
Global IME Bank Limited

नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना

Hyundai Nepal
नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना
Nabil Bank Limited

काठमाण्डौ । ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन कलेजले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको हो ।  

यसले नेपालमा गुणस्तरीय परीक्षणको लागि एक नयाँ मापदण्डको स्थापन गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार भण्डारीले बताए । ‘यसले देशको प्राविधिक शिक्षामा नयाँ आयाम थपेको विश्वास हामीले गरेका छौं, उनले भने ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो प्रयोगशाला सिभिल इन्जिनियरिङका विभिन्न सामाग्रीहरूको परीक्षणको व्यावसायिक सेवा सुचारु गर्न सक्षम भएको कलेजको विश्वास छ । यो प्रयोगशालाले नेपाल गुणस्तर प्रमाणित (आइएसओ) प्राप्त गरेको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सेवाप्रदायक बनाएको कलेजले जनाएको छ ।

प्रयोगशालामा विश्वस्तरीय उपकरणहरू जडान गरिएको छ । यसले विभिन्न प्रकारका सामग्रीहरूको गुणस्तर परीक्षण, मापदण्डको परीक्षण र प्रमाणिकरण गर्ने कामलाई उच्च सटीकताका साथ सम्पन्न गर्न मद्दत पुर्याउने जनाइएका छ । यो प्रयोगशाला कलेजका विद्यार्थीहरू, विशेषगरी अनुसन्धान गर्न चाहने विद्यार्थीहरूको लागि पनि उपलब्ध गराएको जनाएको छ ।

विद्यार्थीहरूले यहाँ उपलब्ध स्रोतसाधनको उपयोग गरेर आफ्नो अनुसन्धान कार्यलाई अझ सशक्त र मापदण्डअनुसारको बनाउन सक्नेछन् । यसले विद्यार्थीहरूको शैक्षिक स्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास कलेजले लिएको छ । यसका साथै, कलेजले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर प्रयोगशालालाई व्यावसायिक सेवाको केन्द्र बनाउँदै आएको जनाएको छ । प्रयोगशालाले देशभरिका निर्माण तथा विकास परियोजनाहरूमा आवश्यक पर्ने सामग्रीहरूको गुणस्तर परीक्षण गरिरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.