बुधबार, असार ११,२०८२ 06:54:01
  • बुधबार, असार ११,२०८२ 06:54:01
Global IME Bank Limited

हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ? यी हुन् सेयर किने पछि ध्यान दिनु पर्ने विषय

Hyundai Nepal
हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ? यी हुन् सेयर किने पछि ध्यान दिनु पर्ने विषय
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयर बजार यतिबेला बुलिस यात्रामा चहिरहेको छ । बजार बढे पछि धेरैजसो नयाँ लगानीकर्ता बजार पसेका छन् । सेयर बजारमा लगानी गरेर लगानीकर्ताले दुई तरिकाले आम्दानी गर्ने गर्छन् । एउटा भनेको कम्पनीले घोषणा गर्ने लाभांशबाट र अर्को दोस्रो बजारमा सेयर किनबेच गरेर हुने पूँजीगत लाभबाट ।  

कम्पनीले हरेक आर्थिक वर्ष सकिए पछि सो आर्थिक वर्षमा गरेको नाफाको आधारमा लाभांश घोषणा गर्ने गर्छन । कम्पनीहरुले नगद र बोनस लाभांश दिने गर्छन् । कम्पनीले प्रदान गर्ने लाभांश लगानीकर्ताको आम्दानीको राम्रो स्रोत हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै लगानीकर्ताले लगानी गरे गरेको स्टक बढेमा  पूँजीगत लाभ हुने गर्छ । सेयर बजारमा संधै पूँजीगत लाभ मात्रै पनि हुँदैन । कहिलेकाही लगानीकर्ताले नोक्सानीको समेत सामना गर्नुपर्ने हुनसक्छ ।  

त्यसैले लगानीकर्ताहरुले सेयर किन्न मात्रै जानेर हुँदैन । उपयुक्त समयमा सेयर बेच्न पनि जान्नु पर्छ । सेयर बजारको मुख्य विशेषता भनेकै किनेको सेयर बेच्न जान्नु हो । बजारमा धेरै गुरुहरुले सेयर किन्न त सिकाउँछन तर बेच्न भने सिकाउँदैनन् । त्यसैले लगानीकर्ताहरुले आफ्नो बजार रणनीति आफै बनाउनु पर्छ ।  

सेयर किने पछि ध्यान दिनु पर्ने कुराहरु  

–हरेक दिन पत्रपत्रिका पढ्ने , खासगरि  आर्थिक अनलाइन मिडिया  तथा पत्रपत्रिका पढ्ने  

–प्रत्येक दिन बजार मूल्य हेर्ने

–कम्पनीले जारी गरेको नयाँ सुचना, त्रैमासिक विवरण, हकप्रद सेयर निष्कासन, लाभाशं वितरणमा ध्यान दिने  

–साधारण सभामा भाग लिने र भाग लिन जानु अगाडी वार्षिक प्रतिवेदन पढेर जाने  

–आफूसँग भएको सेयरको मुल्य घट्ने सम्भावना रहेमा बेच्ने र बढ्ने सम्भावना भएमा होल्ड गर्ने वा अझै बढ्ने सम्भावना भएमा सेयर थप्ने ।

हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ?

नयाँ लगानीकर्तामा कुन समयमा सेयर खरिद गर्दा कम्पनीले घोषणा गरेको लाभांश तथा हकप्रदका लागि योग्य भइन्छ भन्ने अन्यौला रहेको पाइन्छ । यस्तो दुविधाका कारण लगानीकर्ताहरु लाभांश र हकप्रदबाट बञ्चित भईरहेको हुन्छन् ।  

कुन मितीसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले घोषणा गरेको लाभांश र हकप्रद पाउने तथा साधारण सभामा सहभागी हुन पाउने भन्ने छुट्टाइएको मितीलाई बुक क्लोजको मिती भनिन्छ । बुक क्लोज मिति अगाडीसम्म सेयर खरिद गर्ने लगानीकर्ता कम्पनीद्वारा घोषणा गरिएको लाभांश पाउन, हकप्रदमा आवेदन दिन र सभामा सहभागी हुन योग्य हुने गर्छन् । 

बढ्दो बजारमा बुक क्लोज मितिभन्दा अगाडी सेयर किन्नुहोस ।  घट्दो बजारमा भने बुक क्लोज पछि सेयर किन्नुहोस ।

अहिले बढ्दो बजार भएको काराण बुक क्लोज मितिभन्दा पहिले सेयर किन्दा फाइदा हुन सक्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.