बुधबार, असार १८,२०८२ 06:18:55
  • बुधबार, असार १८,२०८२ 06:18:55
Global IME Bank Limited

इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषीलाई ३ वर्षसम्मको जेल सजाय

Hyundai Nepal
इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने, दोषीलाई ३ वर्षसम्मको जेल सजाय
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकारले हालै प्रतिनिधिसभाबाट पारित गरेको धितोपत्र सम्बन्धी ऐन अब सरकारबादी मुद्दा हुने भएको छ ।  

मंगलबार मात्रै सरकारले प्रतिनिधिसभाबाट यस्तो प्रस्ताव पास गरेको हो । योसँगै सरकारले सेयर बजारमा विभिन्न युट्युबर तथा प्राविधिक विश्लेषक भनेर चिनिएका व्यक्तिहरुलाई लक्षित गरेर कानून ल्याउन थालेको कानूनका जानकारहरु बताउँछन् । 

CG Motors
Muktinath Bikas Bank Limited

अधिबक्ता अमृत खत्रीले अब धितोपत्र सम्बन्धी ऐन कसिलो बनेको बताए । उनले भने-'प्रतिनिधिसभाबाट पारित भएपछि अब राष्ट्रियसभामा जानेछ । त्यसो भएमा यसले कनूनी मान्यता पाउनेछ ।'  

अब सेयर बजारमा कसैले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएमा, भ्रामक सूचना सम्प्रेषण गरेमा वा जालसाजीपूर्ण काम गरेको पुष्टि भएमा अब धितोपत्र ऐनअनुसार ३ बर्ष जेल सजाय हुनेछ ।  

खत्रीले यसअघि पनि यस्तो कानून भने रहेको बताए । तर केही लचिलो थियो । उनकाअनुसार यसअघि ५० हजारसम्म जरिवाना र एक बर्ष मात्रै जेल सजाय हुने व्यवस्था थियो । अब भने यस्तो जरीवाना  ५० हजार रुपैयाँबाट बढाएर ४ लाख रुपैयाँसम्म र जेल सजाय पनि एक बर्षबाट बढाएर ३ बर्षसम्मको व्यवस्था हुनेछ।

अब आउने कानूनमा लगानीकर्ता क्षतिपूर्ति कोषको पनि व्यवस्था हुँदै गरेको उनले जानकारी दिए । उक्त ऐनमा इण्डेक्स फ्युचर र डेरिभेटिभ मार्केटको विषयमा पनि कानूनी व्यवस्था आउनेछ ।  

मंगलबार प्रतिनिधिसभाबाट पास भएको ऐनमा धितोपत्रसम्बन्धी कसूर प्रहरी प्रधान कार्यालयले हेर्नसक्ने पनि व्यवस्था गरिएको छ । योसँगै अब धितोपत्र सम्बन्धी कसूर सरकारबादी भएको कानूनविद हरिबहादुर केसीले बताए ।  

उनकाअनुसार प्रावधान जेसुकै आएता पनि लगानीकर्ताहरुलाई जिम्मेबार बनाउन खेजिएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.