बुधबार, कार्तिक २६,२०८२ 05:01:12
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 05:01:12
IME remit
Global IME Bank Limited

६ कारोबारमा २२० अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘नकारात्मक अफवाहको परिणाम’

Hyundai Nepal
६ कारोबारमा २२० अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘नकारात्मक अफवाहको परिणाम’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८६ प्रतिशत अर्थात २२.७३ अंकले घटेर २ हजार ६१०.२१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले घटेर ४६३.०७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै ६ कारोबार दिनमा नेप्से परिसूचक २२० अंकले घटेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष बजार जानकार छोटेलाल रौनियार भन्छन्,  ‘बजारमा धेरै नकारात्मक विषय फैलिएका कारण बजार निरन्तर घटिरहेको छ । बजारमा नाफा बुक र स्टपलस दुवै एकैपटक हुन पुग्दा बजारमा दबाब आएको छ । अहिले राजनीतिक,आर्थिक र नीतिगत रुपमा कुनै पनि परिवर्तन भएकाले लगानीकर्ता डराउनु पर्ने आवश्यकता छैन ।’

प्रधानमनत्रीलाई भारतले सहयोग नगरेको भन्दै बजार घटाउने प्रपञ्च रचिएको रौनियारले दाबी गरे ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले ३ हजार विन्दुमा सेयर बेचेर बसेकाहरु पर्ख र हेरको अवस्थामा रहँदा बजार घटेको बताए ।‘चाडपर्व नजिकिएका कारण लगानीकर्ताले पैसाको जोहो गरेका कारण बजार  घटेको हुन सक्छ ।’

रौनियार जस्तै घिमिरेले पनि नकारात्मक खबरका कारण बजार घटेकोमा सहमति जनाए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज वित्त समूह सबैभन्दा धेरै अर्थात ०.४३ प्रतिशतले बढ्यो । यस्तै निर्जीवन बीमा समूह ०.०२ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशतले बढ्यो ।  

आज जीवन बीमा समूह सर्वाधिक घट्यो । यो समूह आज १.८७ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.९३ प्रतिशत,विकास बैंक १.०२,होटल ०.६०,हाईड्रो ०.९२,लगानी १.१९,उत्पादन तथा प्रशोधन १.०१,लघुवित्त ०.५४, म्युचुअल फण्ड ०.४३ र अन्य समूह ०.६१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३४ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख बढीको कारोबार भएको आज ग्रिनलाइफ हाईड्रोको १९ करोड २७ लाख,समृद्धि फाइनान्सको १८ करोड १६ लाख र एचआईडीसीइलपीको १५ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र थ्रि स्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

समाज लघुवित्तको सेयरमूल्य ६.८१ प्रतिशत,कालिका लघुवित्तको ६.६६,आत्मनिर्भर लघुवित्तको ६.०४,सिईडिबि हाईड्रोको ५.८२ र माईखोला हाईड्रोको सेयरमूल्य ५ प्रतिशतले बढ्यो ।  

यो दिन एशियन हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.८८ प्रतिशतले घट्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२६ प्रतिशत,एलआईसी नेपालको ४.८१ र मनकामना इन्जिनियरिङको सेयरमूल्य ४.६७ प्रतिशतले घट्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.