आईतवार, श्रावण १०,२०८३ 05:25:22
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:25:22
Bizshala
Global IME Bank Limited

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास
New Office

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास भएको छ । ट्रम्पमाथि फ्लोरिडा गल्फ कोर्समा गोली हान्ने प्रयास भएको हो ।  

उनीमाथि हमला गर्न खोज्ने बन्दुकधारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति तथा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको गल्फ कोर्समा भएको आक्रमणलाई हत्याको प्रयास भएको पुष्टि गरेको हो ।  

गल्फ कोर्सको झाडीमा लुकेर ट्रम्पमाथि गोली हान्न लागेका उक्त व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले गोली हानि नियन्त्रणमा लिएका थिए  । एफबीआईले फ्लोरिडाको वेस्ट पाम बीचमा कारबाही गरेको र ट्रम्पको हत्या प्रयासको अनुसन्धान जारी रहेको जनाएको छ ।  

आफूमाथि आक्रमण गर्ने दोस्रो प्रयासको सम्बन्धमा ट्रम्पले आफू न त रोक्ने न हार स्वीकार्ने बताएका छन् ।

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको गल्फ कोर्स नजिकै गोली हानाहान भएको र स्थानीय प्रहरीले झाडीमा एके फोट्टी सेभेन फेला परेका बताए ।  

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यो घटनाको निन्दा गरेका छन् ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपतिलाई ट्रम्प इन्टरनेशनल गल्फ कोर्समा भएको घटनाबारे जानकारी गराएको बताएको छ ।  

यस गोलीकाण्डको करिब दुई महिनाअघि ट्रम्पमाथि घातक हमला भएको थियो। गत जुलाईमा अमेरिकाको पेन्सिल्भेनियामा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पलाई स्नाइपरले गोली हानेको थियो । जुन उनको कानको तल्लो भागमा लागेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.